आज ६ हजार ९४४ जना सक्रिय संक्रमित, एक जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा थप २५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ९ हजार ८८८ नुमना परीक्षणमध्ये २५९ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा एक जना संक्रमितको निधन भएको हो। यो सगै नेपालमा कोरोनाले ११ हजार ५२४ जनाको ज्यान लिइसकेको छ।

आज देशभर ६९४४ जना सक्रिय संक्रमित छन्।

जसमध्ये ६ हजार ५४१ होम आइसोलेसन र ४०३ जना संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको तथ्यांक अनुसार ३७ भेन्टिलेटरमा सहित १५९ जनाको आइसियूमा राखी उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा थप २६४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ८ लाख २ हजार ६५३ जना संक्रमणमुक्त भइसकेका छन्।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १ लाख ४४ हजार ५३४ जना कोरोना विरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *