मेडिकल काउन्सिल मतगणना : उपाध्यक्षमा डा. पौडेल र सदस्यमा डा.अग्रवालको जित निश्चित

हेल्थपोस्ट नेपाल

एक उपाध्यक्ष र आठ जना सदस्य पदका लागि नेपाल मेडिकल काउन्सिलको शनिबार सम्पन्न निर्वाचनको मतगणना अहिले पनि जारी छ।

अहिलेसम्म ७ हजार ३ भोट गणना भएको छ।

अहिलेसम्मको मतपरिणामलाई हेर्दा पनि उपाध्यक्ष पदमा उठेका डा. शिवजी पौडेल र सदस्य डा. हुलास अग्रवालको जित निश्चित भएको छ।

निर्वाचन समितिको अनुसार करिब ९ हजार २ सयको हाराहारीमा मत खसेको छ।

पछिल्लो परिणाम अनुसार उपाध्यक्ष पदमा डा. शिवजी पौडेलले ३८९४ मत ल्याएका छन्।

डा पौडेलले ३८९४ भोट ल्याउँदा डा. प्रमोद यादवको १८२० भोट आएको छ । उपाध्यक्षका अर्का डाक्टर डा रामपरीक्षण यादवको ५९२ भोट आएको छ ।

यस्तै सदस्य पदमा अहिलेसम्म सबैभन्दा बढी भोट डा. हुलास अग्रवालको आएको छ। उनको भोट ३५२० आएको छ ।

त्यसैगरी, डा तोशिमा कार्कीले २९५, डा कालुसिंह खत्रीले २६८६, डा. गुरुशरण साहले २६८१, डा कुञ्जंग शेर्पाले, र २४१९ डा विश्वराज दवाडीले २०३५ मत ल्याएका छन्।

अब करिब २ हजार भोट गणना हुन बाँकी छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *