डा. अनुप बाँस्तोला सरुवाको चौतर्फी विरोध, के भन्छन् मन्त्री खतिवडा?

हेल्थपोस्ट नेपाल

नेपालमा पहिलो कोरोना संक्रमितको व्यवस्थापन गर्नेदेखि संकटको बेला ‘सारथी’ बन्यो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल।

पहिलो र दोस्रो लहर आउँदा संक्रमितहरुको उपचारमा खटिएका अब्बल डाक्टर हुन्, डा. अनुप बाँस्तोला।

तत्कालिन समयमा जिम्मेवारी सम्हालेका डा. सागर राजभण्डारीले गत असारमा सरकारी सेवाबाट अवकास पाए।

कोरोना महामारीको जोखिम घटेको थिएन। सरकारले अस्पतालको व्यवस्थापन गर्ने नेतृत्व क्षमता डा. बाँस्तोलामा देख्यो।

चार महिनाको अवधिमा डा. बाँस्तोलाले अस्पतालको संरचनादेखि व्यवस्थापनमा ठूलो परिर्वतन ल्याए। अहिले पनि कोरोना संक्रमण नियन्त्रणमा आइसकेको छैन। दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ले अरु देशसँगै नेपाल पनि जोखिममा परेको छ।

तर, यही बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. अनुप बास्तोलाको सरुवा गरेको छ।

डा. बाँस्तोलालाई सार्क क्षयरोग केन्द्रमा पठाएर उनको ठाउँमा डा. मनिषा रावललाई जिम्मेवारी दिइएको छ।

डा. बास्तोलाको सरुवाप्रति विज्ञ तथा स्वास्थ्य अधिकारीले चौतर्फी विरोध जनाएका छन्।

स्वास्थ्यमन्त्री  विराेध खतिवडाले डा. बाँस्तोलासँगै आधा दर्जनभन्दा बढी कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन्।

बाँस्तोलालगायत अन्य कर्मचारीको सरुवाको निर्णय भइसकेको र सम्भवतः आजै सबै कर्मचारीले नियुक्तिपत्र बुझ्ने मन्त्रीको सचिवालयले जनाएको छ।

डा. बाँस्तोलाको सरुवाको विषयमा के भन्छन् स्वास्थ्यमन्त्री?

सरुवाको विषय निरन्तरको प्रक्रिया भएको स्वास्थ्यमन्त्री खतिवडाले प्रतिक्रिया दिएका छन्। डा. बाँस्तोलाले राम्रो काम गरेका कारण सरुवा गरिएको खतिवडाको सचिवालयले जनाएको छ।

‘सार्क क्षयरोग केन्द्रमा सुधार गर्न जरुरी छ। राम्रो काम गर्ने क्षमता सबै ठाँउमा प्रयोग गनुपर्यो नि,’ सचिवालयलका एक कर्मचारीले मन्त्रीको भनाई उदृत गर्दै भने, ‘चाहिएको खण्डमा डा. बाँस्तोलाई पुनः फर्काउन सकिनेछ।’

कोभिडको अर्को लहर आएको खण्डमा पुन: डा. बाँस्तोलाई टेकुमा फर्काउन मन्त्री सकारात्मक रहेका छन्। कतिपयले सरुवामा राजनीतिक पूर्वाग्रहसँगै आर्थिक चलखेलसमेत भएको आशंका गरेका छन्।

डा. बाँस्तोलाले अस्पतालको सुधारको लागि काम सुरु गरिसकेका थिए। ओपिडी विस्तार, फार्मेसी, बिरामी, अक्सिजन ग्यास, स्टोर, आइसियु बेड, क्वार्टर, ३०० शय्याको सरुवारोग अस्पताल निर्माणलगायत क्षेत्रमा काम अगाडि बढाएका थिए। तर, अस्पतालभित्र हुने खरिदमा पारदर्शिता देखाउँदा त्यहाँका केही कर्मचारी रुष्ट भएका कारण सरुवा गर्न मन्त्रीमाथि दबाब परेको मन्त्रालयका अधिकारीको भनाई छ।



Leave a Reply

Your email address will not be published.