स्वास्थ्यकर्मी सुभाष नेपालको निधन

हेल्थपोस्ट नेपाल

कोसी नदीको बाँध हेर्ने क्रममा एक स्वास्थ्यकर्मीको खसेर निधन भएको छ। विराटनगर उपमहानगर पालिका अन्तर्गतका कार्यरत ४५ वर्षीय सुभाष नेपालको मंसिर ११ मा कोसीमा डुबेर निधन भएको हो।

उनको निधनमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल (मोरङ)को कार्यसमितिले शोकपत्र निकालेको छ।

नेपाल २०५६ सालदेखि सरकारी पेशामा प्रवेश गरेका थिए।

‘राष्ट्रिय स्वास्थ्यकमी संघ नेपाल स्वर्गीय नेपाल प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तीको कामना गर्दछ र दुखको यस पिडामा उहाँको श्रीमति शोकसन्तप्त परिवाजन प्रति गहिरो समवेदना व्यक्त गर्दछ,’ शोक पत्रमा भनिएको छ।



Leave a Reply

Your email address will not be published.