निर्वाचन अपडेटः ६ हजार मतगणना हुँदा कसले कति मत पाए?

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनको मतगणना भइरहेको छ।

निर्वाचन समितिको अनुसार ६ हजार २० मतगणना भइसकेको छ।

सो मतगणनामा उपाध्यक्ष डा. शिवजी पौडेलको ३ हजार ३४४ मत आएको छ। उनको प्रतिस्पर्धी डा.प्रमोदकुमार यादवको १५४४ मत आएको छ। त्यसैगरी, उपाध्यक्षाका प्रतिस्पर्धी डा रामपरिक्षण यादवले ५१७ मत ल्याएका छन्।

यसैगरी, सदस्यमा सुरुदेखिनै अग्रता लिँदै आएका डा. हुलास अग्रवालले ३१२९ मत ल्याएका छन्।

डा.तोसिमा कार्कीले २५४१, डा. गुरु शरण साहले २३८७, डा.कालु सिंह खत्रीले २३२६ मत प्राप्त गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *