बागमति प्रदेशले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मचारी

हेल्थपोस्ट नेपाल

बागमति प्रदेशले स्वास्थ्य सेवा तर्फ ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

प्रदेश लोक सेवा आयोग, बागमति प्रदेशले आज सूचना जारी गदैं पाँचौँ तहका लागि ५० जना कर्मचारीका लागि विज्ञापन जारी गरेको हो।

हेल्थ असिस्टेन्ट पदमा आन्तरिक तर्फ १२ र खुला तर्फ ३२ गरी ४४ कर्मचारी माग गरेको छ।

त्यसैगरी, पब्लिक हेल्थ नर्स,कविराज, स्टाफ नर्स,ल्याव टेक्निसियन, फार्मेसी सहायक र रेडियोग्राफर पदकाका लागि एक, एक जना कर्मचारी माग गरेको छ।

उक्त विज्ञापदसम्बन्धी विस्तृत जानकारी बागमति प्रदेशको वेवसाइट ppsc.bagmati.gov,np मा हेर्न सकिने पनि आयोगले जनाएको छ।



Leave a Reply

Your email address will not be published.