निर्वाचन अपडेटः उपत्यका बाहिरको मतगणना सकियो, डा. पौडेलको अग्रता, कसले कति मत पाए?

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनको मतगणना भइरहेको छ।

निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार काठमाडौं उपत्यका बाहिरको मतगणना सकिएको छ।

काठमाडौं उपत्यका बाहिर ५ हजार १९ मत खसेको थियो। उपत्यका बाहिरको मतपरिणाम अनुसार उपाध्यक्षमा डा. शिवजी पौडेल अगाडि छन्।

डा पौडेलको २ हजार ७७६ मत आएको छ। उनको प्रतिस्पर्धी डा प्रमोदकुमार यादवको १३५९ मत आएको छ। त्यसैगरी, उपाध्यक्षाका प्रतिस्पर्धी डा रामपरिक्षण यादवले ४४६ मत ल्याएका छन्।

यसैगरी, सदस्यमा सुरुदेखिनै अग्रता लिँदै आएका डा. हुलास अग्रवालले २७७४ मत ल्याएका छन्।

डा.तोसिमा कार्कीले २१२०, डा. गुरु शरण साहले २११६, डा.कालु सिंह खत्रीले १९७६ मत प्राप्त गरेका छन्।

 



Leave a Reply

Your email address will not be published.