टेकु अस्पतालको निर्देशकमा डा. मनिषा रावल, डा. बाँस्तोला क्षयरोग केन्द्रमा

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ। केही दिन अगाडीको मन्त्रीस्तरीय निर्णयबाट कर्मचारीको सरुवा गरिएको हो।

स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार भोलि नियुक्तीपत्र दिने तयारी भइरहेको छ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकाको निर्देशक डा. अनुप बाँस्तोलालाई सरुवा गरेका छन्।

डा. बाँस्तोलालाई सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारी दिने तयारी भएको छ। टेकु अस्पतालको निर्देशकमा डा. मनिषा रावल जिम्मेवारी पाएकी छिन्।

स्रोतका अनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्रालाई मन्त्रालयको महत्वपूर्ण महाशाखा स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।

उक्त महाशाखामा रहेकी रीता भण्डारी जोशीलाई मन्त्रालयमा नै महाशाखाविहिन बनाइन लागिएको छ। जोशीको कमजोरी कामका कारण उनलाई समवन्य महाशाखाबाट हटाइएको हो।

यस्तै, प्रसूतिगृहबाट संगीता मन्त्रालयमा आउने भएपछि अस्पतालका डा. अमिरबाबु श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।
यसैगरी, मन्त्रालयकै अर्को महत्वपूर्ण महाशाखा नीति, योजना तथा अनुगमन महाशाखामा डा तारा पोखरेललाई दिन लागिएको छ। डा. पोखरेल हाल सार्क क्षयरोग केन्द्रमा छन्।

कोरोना महामारीमा फन्टलाइनरमा उत्रिएर राम्रो काम गरेका डा. बाँस्तोलालाई हटाउने निर्णयले मन्त्रीको चौत्तर्फी विरोध भइरहेको छ।
डा. बाँस्तोला कोभिडको पहिलो लहरदेखिनै संक्रमितको उपचारमा सक्रिय छन्।

पहिलो र दोस्रो लहरमा निरन्तर संक्रमितको सेवा सक्रिय र टेकु अस्पतालकै सुधारमा लागेका छन्।

उनले अस्पतालको जिम्मेवारी समालेपछि ओपिडी विस्तार, फार्मेसी, बिरामी, अक्सिजन ग्याँस, स्टोर, आइसियु वेड, क्वाटर, ३०० शय्याको सरुवारोग अस्पताल निमार्ण लगायतका क्षेत्रमा राम्रो काम गरेका छन्।

नेपाल कोरोनाको नयाँ भेरियन्टले ओमीक्रोनको जोखिममा परिरहँदा कुशल नेतृत्व गरिरहेका डा. बाँस्तोलालाई हटाउँदा सरकारले चर्को मूल्य भने चुकाउर्ने पर्ने हुनेसक्ने मन्त्रालयका अधिकारी बताउँछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *