नेपाल ओमिक्रोन भाइरसको उच्च जोखिममा, डब्लूएचओले दियाे यस्तो सुझाव

हेल्थपोस्ट नेपाल

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ’नयाँ भेरियन्ट अफ कन्सर्न’ ओमिक्रोन पत्ता लागेसँगै नेपाल सहित दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ।

आइतबार विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।

प्रेस विज्ञप्ती मार्फत डब्लूएचओकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहल भनिन् ‘यस क्षेत्रका अधिकांस देशहरुमा कोभिड–१९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ । यसले अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न हामीले हाम्रो सतप्रतिशत दिन जरुरी छ।’

डब्लुएचआले सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिन आग्रह गरिएको छ।

यस्तै, सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ ।

त्यस्तै, जनस्वास्थ्यका मापदण्ड अपनाउन मास्क लगाउन, हात धुन तथा भीडभाड कम गर्न अग्रह गरेकी छिन्।

उनले अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै रहेको बताएकी छन् ।

‘आजको दिनसम्ममा यस क्षेत्रका ३१ प्रतिशतले पूर्ण, २१ प्रतिशतले एक डोज तथा ४८ प्रतिशतले खोप लगाउन बाँकी रहेका छन् । त्यसैले ठूलो संख्या अहिले पनि संक्रमणको जोखिममा नै छन्,’ उनले भनेकी छन् ।



One thought on “नेपाल ओमिक्रोन भाइरसको उच्च जोखिममा, डब्लूएचओले दियाे यस्तो सुझाव

  1. The covid infection rate has gone up. It would grow exponentially as we wouod be speaking about it. We have 6 deaths today. We havr more patients than those of the recovered ones. LET’S NOT TAKE ANY CHANCES ON THOSE LITTLE KIDS WHO ARE NOT YET ELIGIBLE FOR VACCINATION!

    Better to stop Physical Schooling. If not, for those little childrens eho are not yet eligible to for vaccination program needs to be protected by commencing the online classes. Now is the time to do so before it is too late. It’s the wave. We will not know when it goes up on to the top from the very bottom. This is what the covid wave is all about we just can’t take any chances upon those kids who are bot eligible to get their jabs. It is all about visions and common sense.

Leave a Reply to Binay Shrestha Cancel reply

Your email address will not be published.