कोरोना पुष्टि भएपछि भीम आचार्यलाई होटलबाट अस्पताल लगियो

हेल्थपोस्ट नेपाल

नेकपा (एमाले) का नेता एवं प्रदेश १ का निवर्तमान मुख्यमन्त्री भीम आचार्यलाई अस्पताल भर्ना गरिएको छ।

एमालेको १० औं महाधिवेशनमा सहभागी भएका आचार्यलाई कोरोना संक्रम पुष्टि भएपछि अस्पताल भर्ना गरिएको हो।

 

कोरोना पुष्टि भएपछि उनी सौराहाको सेभेन स्टार होटलमा आइसोलेसनमा थिए। महाधिवेशन उद्घाटनकै दिन उनको स्वास्थ्यमा समस्या देखिएको थियो।

स्वास्थ्यमा जटिलता देखिएपछि आचार्यलाई आइतबार अस्पताल भर्ना गरिएको छ।



Leave a Reply

Your email address will not be published.