आज ६ हजार ९६६ जना सक्रिय संक्रमित, २ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १५८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको छ।

आज देशभर ६ हजार ९६६ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३४२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ।

पछिल्लो विवरण अनुसार थप २ जना संक्रमितको मृत्यु भएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७१ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ लाख २७ हजार ६११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *