दुई हजार मत गणना हुँदा डा. पौडेलले लिए अग्रता , कसको कति मत?

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको निवार्चनको मतपरिणाम जारी भइरहेको छ।

निर्वाचन समितिले जारी गरेको पछिल्लो अपटेड अनुसार २ हजार ५ मत गणना भएको छ।

उपाध्यक्षमा डा. शिवजी पौडेलले अग्रता लिएका छन्। उनको ९४८ मत आएको छ। उनको निकटतम प्रतिद्वन्दि डा. प्रमोदकुमार यादवको ६९५ मत रहेको छ। त्यस्तै अर्का प्रतिस्पर्धी डा. रामपरिक्षण यादवको २३१ मत छ।

यसैगरी, सदस्यमा डा हुलास अग्रवालले सबैभन्दा बढी मत ल्याएका छन्। उनको ११७५ मत आएको छ। त्यसपछि डा गुरुसरण शाहको ८८७, डा रोहित कुमार मिश्रको ८०१, डा तोसिमा कार्कीको ७८२, डा कालुसिंह खत्रीको ७७९ मत आएको छ।

अन्य सदस्यको कसको कति ?



Leave a Reply

Your email address will not be published.