मेडिकल काउन्सिल मतपरिणाम : डा. पौडेलले लिए अग्रता , कसको कति मत?

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको निवार्चनमा उठेका उम्मेवादारको मतगणना जारी छ।

पछिल्लो मतपरिणाम अनुसार उपाध्यक्षको मैदानमा उत्रिएका डा शिवजी पौडेलले अग्रता लिएका छन्।

निवार्चन समितिले अनुसार अहिले सम्म एक हजार पाँच सय एक मत गणना भएको छ।

जसमा उपाध्यक्षमा डा पौडेलले ६७८ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी डा. प्रमोद यादवले ५६२ र रामपरिक्षण यादवको १७८ मत आएको छ।
त्यसैगरी, सदस्यमा डा. हुलास अग्रवाल सबैभन्दा बढी ९२९ मत ल्याएर अग्रस्थानमा छन्। डा. गुरु शरन साहले ६९०, डा. रोहित कुमार मिश्राले ६४७, डा. लभ कुमार शाहले ६३८ मत ल्याएका छन्।

 



Leave a Reply

Your email address will not be published.