थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ७ हजार १५६ सक्रिय संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ६३२ नमुना परीक्षणमा २१३ जनामा संक्रमण देखिएको हो। ४ हजार ९०७ पिसिआर परीक्षणमा १९७ र १ हजार ७२५ एन्टीजेन परीक्षणमा १६ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोही समयमा ३२५ जना संक्रमणमुक्त भएका छन् भने ३ संक्रमितको मृत्यु भएको छ।

योसँगै देशभर कुल संक्रमितको संख्या ९ लाख १६ हजार १९२ पुगेको छ। जसमध्ये ८ लाख २ हजार ४७ निको भएका छन् भने ११ हजार ५२१ जनाको मृत्यु भएको छ।

हाल देशभर ७ हजार १५६ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ६ हजार ७६१ होम आइसोलेसनमा र ३९५ संस्थागत आइसोलेसनमा रहेका छन्। १७८ संक्रमितको आइसियु र ३० को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.