डा.सुनिलकुमारको अध्यक्षतामा नेपाल शल्य चिकित्सक समाजले पायो नयाँ कार्यसमिति

हेल्थपोस्ट नेपाल

नेपाल शल्य चिकित्सक समाजमा नयाँ कार्यसमिति चयन भएको छ।

प्राडा सुनिलकुमार शर्मा ढकाल अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको हो।

पाँच जना सदस्य पदमा ६ जनाको उम्मेदवारी परेको थियो भने अध्यक्ष लगायतका पदाधिकारीमा एकरएक जनाको मात्र उम्मेदवारी परेको थियो। तर, सदस्यका एक जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा निर्विरोध भएको निवार्चन समितिले जनाएको छ।

समाजको सन् २०२२–२३ कार्यकारी समितिका लागि सबै पदमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष (प्रेसिडेन्ट इलेक्ट) मा डा रोमियो कंसाकार, उपाध्यक्षमा डा प्रनिल राई, महासचिवमा डा विकल घिमिरे, कोषाध्यक्षमा डा शैल रुपाखेती, सहसचिवमा डा सुमित प्रधान, सहकोषाध्यक्षमा डा मनिष पोख्रेल निर्विरोध निर्वाचित भएका हुन्।

यसैगरी सदस्यहरुमा क्रमशः डा. रुपेश मुखिया, डा अविसेक थापा, डा रविन जोशी, अनिप जोशी र डा सुशिल ढुगेल निर्वाचित भएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *