‘मेडिकल काउन्सिलको अस्तित्व मेटियो,  निर्वाचित चिकित्सकले अधिकारका लागि लड्नुपर्छ’

शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान पुग्दा माहोल बेग्लै थियो। चार वर्ष पछि नेपाल मेडिकल काउन्सिलको चुनाव हुँदै छ।

चिकित्सकहरुको जमात थियो। केही हातमा उम्मेदवार चिकित्सकको परिचय तथा फोटो रहेको पर्चा देखाउँदै भोट दिनुस् है !भन्दै थिए, त कोही मेरो नाम याद नगरेपनि नम्बर याद गरौं भन्दै थिए।

मानौं, चिकित्सकहरुको पर्व नै हो यो चुनाव। एक एक झुण्डमा बस्दै, नचिनेका डाक्टरहरु एकआपसमा परिचय गर्दै थिए।

उम्मेरदवार चिकित्सकहरु पनि लौ है डाक्टर भोट गरौं भन्दै दुई हात जोडेर नमस्कार गर्दै थिए।

कतिले चिन्दै नचिनेका मानिसलाई पनि नमस्कार डाक्टर भन्दै हात जोडे।

त्यो हुलमा चिकित्सक मात्र थिएनन्, अस्पतालका कर्मचरीदेखि नर्सहरु पनि आफ्ना अस्पतालका चिकित्सकलाई प्रचार गर्न डोरीले टागिँएको बार पछाडि उभिएर भोटको अपिल गर्दै थिए।

‘त्यो बेला जम्मा १०० देखि २०० जना मात्र चिकित्सक हुन्थे। सबैले सबैलाई चिनेजानेका। ८ वटा भोट दिँदा सबै चिन्ने डाक्टरहरु हुने भएका कारण भोट दिन पनि सजिलै हुन्थ्यो,’ डा. भोला रिजाल भने।

भोट दिनकै लागि भने आफ्नो स्पाइन सर्जरी गरेर आराम गर्नपर्ने चिकित्सक नागरिकता बोकेर भोट दिन अघि सरे।

आफू युवा अवस्था हुँदाको समय स्मरण गर्दै उनले भने, ‘सबै चिकित्सक यतिबेला भेटिनु जमघट जस्तै हुन्थ्यो। जिल्ला बाहिर २ देखि ३ हजार चिकित्सक हुन्थे भने जिल्ला भित्र १५सय जति हुन्थे। अब त चिकित्सकहरु निकै बढिसकेका छन् भने एकले अर्कालाई चिन्नै मुस्किल छ,’ उनले भने।

उनले भने फरि थपे, ‘यहाँ ८ जना सदस्यलाई भोट दिने व्यक्तिले मुस्किलले पाँच जनालाई चिनेका होलान्।’

पहिलेकै कुरा गर्ने हो भने नेपाल मेडिकल काउन्सिलमा उम्मेदवारी दिने व्यक्तिकै कमी हुने गरेको वीर अस्पतालका डाक्टर डा. बाबुराम मरासिनी।

‘एकपटक काउन्सिलमा उम्मेदवारी दिने व्यक्ति नभए मैले वीरको एक चिकित्सकलाई जर्बजस्ती नाम दर्ता गराउन लगाएको थिएँ। आफू उनको सिफ्टमा काम गरिदिएर नाम दर्ता गराउन पठाएको थिएँ,’ उनले भने।

तर, अहिले चिकित्सकहरुको संख्या पनि बढेको छ भने युवा समूहको जमात पनि निकै बढेको छ।

हुन त एक समयमा चिकित्सक भन्ने वित्तिकै कपाल फुलेको मोटो शरीर भएको कल्पना हुने गर्दथ्यो। तर चुनाव परिसरमा कमै मात्र कपाल फुलेको चिकित्सकहरु थिए। धेरै जसो युवा चिकित्सकहरु नै थिए।

तर चिकित्सकहरुको संख्या बढे पनि काउन्सिलको जिम्मेवारी खुम्चिँदै गएकोमा चिकित्सकहरु चिन्तित छन्।

डा. रिजालका अनुसार काउन्सिलको सारा अधिकार चिकित्सा शिक्षा आयोगले लिएर चिकित्सा क्षेत्र नै डामाडोल भएको छ।

यो अब नामको मात्र संस्था छ। यो जनतालाई चिकित्सा सेवा प्रदान गराउन असल मानिस उत्पादन गर्न तथा स्वास्थ्यको गुणस्तर तथा चिकित्सकहरुको दक्षता जाँच गर्ने संस्था हो। तर, यो संस्था पनि अछुतो रहन सकेन।

जब चिकित्सा शिक्षा आयोग आयो, यसले विश्वविद्यालयहरुलाई त ध्वस्त पार्‍याे नै काउन्सिललाई पनि ध्वस्त पारिदियो।

आयोगले न त आफैले काम गर्न सक्यो, न काउन्सिलले गर्न सक्ने काम गर्न दियो न त सिटिईभिटीले गर्न सक्ने काम गर्न दियो।

चिकित्सा शिक्षा ऐनको आधारमा सबै तिरको अधिकार आफैले ओघट्न खोजेको छ। विश्वविद्यालयहरुमा पनि सिट निधारण गर्न अधिकार आयोगकै रहेको कारण कान्सीलको अस्तित्व नै छैन।

स्वयत्त संस्था भएपनि अब काउन्सिलको आफ्नो कुनै पनि उपादेयता छैन, आफ्नो काम कर्तव्य र अधिकारबाट वञ्चित भएको छ। तर, अझै काउन्सिलको ३० हजार सदस्यहरु मिलेर यो अधिकारको माग गर्नुपर्छ, रिजालले भने।

त्यस्तै, भोटिङ रुपमा पनि माहोल फरक थियो। नेपाल प्रज्ञा प्रतिष्ठानमा झण्डै १५ सय भोट खसेको प्रमुख निर्वाचन अधिकृत तथा बालरोग विशेषज्ञ डा. गणेश राईले बताए।

दुई दिनको चुनाव मिति तोकिएका कारण शुक्रबार कर्म संख्यामा चिकित्सकको उपस्थिति रहेको र शनिबार धेरै आउने अपेक्षा गरिएको उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *