आज २७० जना कोरोना संक्रमित थपिए, २ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ७ हजार ८२९ पीसीआर र २ हजार ६१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २७० जनामा संक्रमण पुष्टि हो।

स्वास्थ्य मन्त्रालयको अनुसार यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ५२७ जना पुगेको छ।

आज देशभर ७ हजार २८७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३०२ जना संक्रमित निको भएका छन्।

यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ।

पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्।

मन्त्रालयको अनुसार १७५ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा उपचारत छन्।

 



Leave a Reply

Your email address will not be published.