स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाकारमा डा. रमेश ढकाल, यस्तो छ स्वास्थ्य सुधारमा उनको योजना

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विज्ञ सल्लाकारमा डा. रमेश ढकाल नियुक्त भएका छन्।
स्वाथ्यमन्त्री स्तरीय निर्णयले डा.ढकाललाई ३ दिन अगाडि विज्ञ सल्लाहाकारमा नियुक्त गरेको हो ।
आफुले पाएको जिम्मेवारी इमान्दारीताका साथ बहन गर्ने डा. ढकालले बताए।
केन्द्रीय अस्पतालहरुमा आकस्मिक सेवा निःशुल्क गर्न पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको डा. ढकालले बताए।
डा. ढकाल गोकर्णेश्वरस्थित शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर तथा राष्ट्रिय चिकित्सक संघ नेपालका महासचिव पदको जिम्मेवारीमा छन्।