मेडिकल काउन्सिलको निर्वाचन काठमाडौं उपत्यकामा सुरु

नेपाल मेडिकल काउन्सिलको निर्वाचन धुलिखेल तथा काठमाडौं उपत्यकामा सुरु भएको छ। मतदान आज र भोलिसम्म चल्ने छ।
यसभन्दा अगाडी काठमाडौं उपत्यकाबाहिर ३ र ४ गते मतदान सम्पन्न भइसकेको छ।
आज धुलिखेलको स्कील ल्याब भवनमा मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी, काठमाडौं उपत्यकामा भने आज र भोलि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा हुनेछ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको चुनावी मैदानमा छन्।।
उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्ष पदका लागि डा. शिवजी पौडेल, डा रामपरिक्षण यादव र डा प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन्।