आज ७ हजार ३४९ जना सक्रिय संक्रमित, ३ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ७ हजार १०४ पीसीआर र एक हजार ८०५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३०८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार २८५ पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ३४९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २९८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार ४२० पुगेको छ।

उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ। आज देशभर १०३ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा एक लाख ७७ हजार ८८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *