चिकित्सकको व्यक्तिगत विवरण चोरी भएको भन्दै सीआइबी तथा स्वास्थ्य मन्त्रालयमा उजुरी

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको व्यक्तिगत विवरणको दुपयोग भएको भन्दै स्वास्थ्य मन्त्रालय तथा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी ) मा उजुरी दर्ता भएको छ।

मेडिकल काउन्सिलका सदस्य पदका उम्मेदवार डा. कुम्भराज जोशीले चिकित्सकको व्यक्तिगत विवरणको दुपयोग भएको विषयमा सत्यतथ्य छानबिन गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोलाई आग्रह गरेका छन्।

काउन्सिलका उच्च पदाधिकारीको मिलेमतोमा दुई उम्मेदवार डा। कालुसिंह खत्री र डा. तोशिमा कार्कीले काउन्सिलको गोप्य डाटा दुरूपयोग गरी चिकित्सकहरुसँग भोट मागेको आरोप छ।

काउन्सिल निर्वाचनको मतदान मंसिर १० र ११ गते हुँदैछ। डा. जोशीले काउन्सिल समक्ष उजुरी दर्ता गराएका थिए।

यसबिषयमा काउन्सिलले दर्ता भएका चिकित्सकहरुलाई छोटो सूचना पठाउनका लागि एक आइटी कम्पनीबाट फोन म्यासेस सेवा लिएको पाइएको स्वीकार गरेको छ।

तर, काउन्सिलले उक्त विषयमा आरोप लगाइएका व्यक्तिका विषयमा भने केही पनि बोलेको छैन। काउन्सिलबाट सत्यतथ्य तथा स्पष्ट जवाफ नआएपछि उजुरी दर्ता गरेको डा. जोशीको भनाई छ।

‘नेपाल मेडिकल काउन्सिलको तथ्यांक चोरी भएको बिषयमा सत्यतथ्य उजागर होस् भनि काउन्सिलमा दर्ता गरेको निवेदन दिएको उपर छानबिन र काम कारबाही छिट्टो होस् भनि निवेदन पेश गरेको छु,’ डा. जोशीले पत्रमा उल्लेख गरेका छन्।

दर्तावाला चिकित्सकहरुले सम्पर्क नम्बर माग्नु गैरकानुनी भएको उजुरीपत्रमा उल्लेख छ। नेपाल मेडिकल काउन्सिलले प्रयोग गर्ने गरेको एसएमएस प्रणालीबाट हजारौं व्यक्तिहरुलाई काउन्सिलका (पूर्व) पदाधिकारी संलग्न भइ व्यक्तिगत प्रकृतिका सूचना (म्यासेज) गएको भन्ने सार्वजनिक भएको सूचनाप्रति काउन्सिलले ध्यानाकर्षण भएको जनाएको थियो।

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *