एन्टिबायोटिक्सले काम गर्न छोड्दैः अधिकांश कोरोना संक्रमितको अन्य कारणबाट मृत्यु

हेल्थपोस्ट नेपाल

७५ वर्षिया एक महिला भारतको अस्पतालमा उपचाररत छिन्। उनी हाल एक अस्पतालको आईसियुमा छिन्। उनको अवस्था निकै नाजुक छ, तर उनलाई कुनै औषधिले काम गरेको छैन। विषेशगरी एन्टिबायोटिक्स।

चिकित्सकहरुका अनुसार ती वृद्धामा १५ वटा एन्टिबायोटिक्स औषधि प्रयोग गरियो, तर कुनै पनि औषधिले उनलाई काम गरेन।

एन्टिबायोटिक्स औषधिले काम नगरेको उनी मात्र होइन, , यस्ता व्यक्ति संसारमा कयौं छन् र उक्त संख्या बढ्दै गइरहेको चिकित्सकको भनाई छ।

कन्टिनेटल अस्पतालका क्रिटिकल केयर डिभिजनका प्रमुख डा. पालेपु गोपालका अनुसार भारतमा मृत्यु भएका धेरै जसो मानिसहरु कोरोना संक्रमणका कारण मरेका होइनन्। उनीहरुको मृत्यु हुनुको कारण मल्टीड्रग रेसिस्टेन्ट (धेरै औषधीले काम नगर्नु) हो भने उनीहरुमा कोरोना संक्रमण मात्र नभई अन्य ब्याक्टेरीयाको संक्रमण पनि देखिएको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिबायोटिक्स रेसिस्टेन्टको समस्या विश्वभरका मानव जातीलाई नै खतरा हुने समस्या हो। यो अन्य रोगहरुजस्तै टप १० समस्या मध्य एक हो।

यो समस्या नेपालमा पनि उत्तिकै ग्रस्त छ। चिकित्सकहरुले सानो समस्यामा पनि एन्टीबायोटिक औषधी लेखिदिने तथा विरामीले पनि जथाभावी यो औषधीको प्रयोग गर्ने बानीले गर्दा केही समयमा यसले काम नगर्ने विभिन्न अध्ययनले देखाएको छ। नेपालको कतिपय ठाउँमा एन्टीबायोटिक रेसिस्टेन्ट देखिन थालिसकेको विभिन्न अध्ययनले देखाएको छ।

यतिमात्र नभई एन्टीबायोटिक जनावर तथा खाद्यवस्तुहरुमा पनि प्रयोग भईरहेका कारण झनै खतरा बढ्दै गइरहेको छ। माछा, मासु, अन्नबाली तथा पानीमा यसको प्रयोग हुन थालेपछि २०५० वटा यो ओषधिले काम गर्न छोड्ने विश्व स्वास्थ्य संगठनको अनुमान रहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *