चिकित्सा पेशाबाट राजनीतिमा होमिएका यी चार चिकित्सक

नेपाल चिकित्सक संघका नेतृत्व गरेका चार जना बरिष्ठ चिकित्सकहरु राजनीतिमा होमिएका छन्।
संघको चार पूर्व अध्यक्ष नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिका रुपमा छानिएका छन्।
पूर्व अध्यक्षहरु डा. चोपलाल भुसाल, डा. केदार नरसिंह केसी, डा. अञ्जनीकुमार झा र डा. मुक्तिराम श्रेष्ठ महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् ।
आगामी २४ देखि २६ मंसिरसम्म काठमाडौँमा हुन गईरहेको महाधिवेशनका लागि उनीहरु जिल्लाबाट प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन्।
उनीहरुमध्ये डा भुसाल र डा श्रेष्ठ अर्घाखाँची, डा केसी नुवाकोट र डा झा धनुषा जिल्लाबाट प्रतिनिधि छानिएका छन्।