के आज पानी पर्ने सम्भावना छ? यसो भन्छन् मौसमविद्

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागहरूमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ।
यसबाहेक अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका छन् ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान मौसमविद्ले गरेका छन्। अन्य क्षेत्रको मौसम भने राति पनि सामान्यतया सफा रहने अनुमान छ ।
प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।