थप ३३२ जनामा कोरोना संक्रमण, ४ को निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ९० जनाको पिसिआर परीक्षण गर्दा ३०५ र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 

यस्तै पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको निधन भएको छ।

बुधबार थपिएसँगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ। यीमध्ये ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५ सय १३ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *