पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान माग्यो स्वास्थ्य कर्मचारी

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ।
प्रतिष्ठानले विभिन्न पदका लागि १४ जना कर्मचारी आवश्यकता भएको जनाएको छ।
रेडियोग्राफर, ल्याब टेक्निसियन एक–एक जना मागेको छ भने स्टाफ नर्स १२ जनाको आवेदन मागिएको सूचनामा उल्लेख छ।
इच्छुक आवेदकले सूचना जारी भएको सात दिनभित्र आवेदन हाल्न सक्नेछन्।