भारतमा नेपाली डाक्टर उत्कृष्ट

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपाली चिकित्सक डा. सन्तोष उपाध्याय भारतको एक कलेजमा भएको प्रवेश परीक्षामा पहिलो भएका छन्।

भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सले लिएको इनिसेट (इन्स्टिच्युट अफ नेश्नल इम्फ्रोटेन्स कम्बाइन इन्ट्रान्स टेस्ट) मा विदेशी विद्यार्थीको कोटामा उनी पहिलो नम्बरमा आउन सफल भएका हुन्।

उनले ९९.४९८ प्रतिशत ल्याएका छन्।

१ लाख विद्यार्थीले सो परीक्षा दिएकामा उनी २५६ नम्बरमा पर्न सफल भएका हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *