पिसिएल नर्सिङको भर्ना खुल्यो, मंसिर २८ सम्म आवेदन दिन सकिने (छात्रवृत्तिको सूची सहित)

हेल्थपोस्ट नेपाल

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि एसएलसी तह उत्तीर्ण गरी बसेका विद्यार्थीहरुका लागि भर्ना खुला गरेको छ।

आज गोरखापत्रमा सूचना सावैजनिक गर्दै सिटिइभिटीले विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मंसिर २८ गतेभित्र आवेदन दिन भनेको छ।

यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ४५ कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ। यी सबै कलेजमा गरी सिटिइभिटीले करिब १६०० सिट छुट्याएको छ।

४१ वटा निजी नर्सिङ कलेज, दुई आंगिक र दुई साझेदारीका कजेलले पिसिएल नर्सिङ अध्ययनका लागि अनुमति पाएका छन्।
विद्यार्थीहरुले नर्सिङ अध्ययनका लागि पनि आवेदन भर्न सक्नेछन्।

२० स्वीकृत कोटा भएको कलेजमा एक जनालाई निशुल्क छात्रवृत्ति प्रदान गरिनेछ भने ४० कोटा तोकिएको शैक्षिक कार्यक्रममा ३ जनालाई छात्रवृत्ति प्रदान गरिने भएको हो।

सिटिइभिटीले नर्सिङ अध्ययन गर्नकालागि प्रदेश १ मा १८, प्रदेश २ मा २३, बागमतीमा ५७, गण्डकीमा ९, लुम्बिनीमा १८ गरी १२५ वटा निशुल्क छात्रवृत्तिको कोटा तोकिएको छ।

अझै भएन स्टार्फ नर्सको कक्षा सुरु, अन्यौलमा विद्यार्थी



Leave a Reply

Your email address will not be published. Required fields are marked *