चिकित्सकको लाइसेन्स परीक्षा पुसमा, फारम आजदेखि खुल्यो

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि फारम खुला गरेको छ।

मसिंर ८ गतेदेखि अनलाइन फारम खुला गर्ने काउन्सिलले सूचना निकालेर जानकारी दिएको हो।

एमबीबीएस र बीडीएस उत्तीर्णहरूका लागि लिइने परीक्षाको लागि बुधबारदेखि अनलाइन फारम खुलेको काउन्सिलले जानकारी दिएको छ।
पुस २२,२३ र २४ गते ६१ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत काउन्सिलले गरिसकेको छ।

‘मसिंर ८ देखि पौष ७ गतेसम्म नियमित तथा पौष ८ र ९ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ,’ काउन्सिलले जारी गरेको सूचनामा उलेल्ख छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *