काठमाडौंको सबै वडामा एस्ट्राजेनिका र भेरोसेलको दोस्रो डोज खोप दिइँदै

हेल्थपोस्ट नेपाल

काठमाडौंको ३२ वडाबाटै एस्ट्राजेनिका र भेरोसेलको दोस्रो डोज खोप उपलब्ध गराइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै मंसिर ७ र ८ गते काठमाडौं महानगरपालिकाको सबै वडाबाट एस्ट्राजेनिका र भेरोसेलको

दोस्रो डोज खोप उपलब्ध गराइएको छ भने भेरोसेल पहिलो मात्रा खोप लगाउनेहरुलाई पनि खुला गरिएको छ।

मन्त्रालयले खोप लगाउन आउने व्यक्तिहरुको उमेर खुल्ने परिचयपत्र लिई आफ्नो वडामा खोप लगाउन आग्रह गरेको छ।

खोप विहान १० बजेदेखि ४ बजेसम्म उपलब्ध हुनेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *