आज सक्रिय संक्रमित ७ हजार ३ सय, ९ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय २९ जनाको पिसिआर परीक्षण गर्दा ३१३ र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षणमा ३८ गरी ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे।

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको निधन भएको छ। याे अवधिमा २७३ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा आज थपिएका संक्रमितसँगै कुल संक्रमितकाे संख्या ९ लाख १५ हजार ६९ पुगेको छ। यसमध्ये ८ लाख ८९० जना निकाे भएका छन् भने ११ हजार ५०९ ले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय छ। जसमध्ये ६ हजार ८ सय ६९ होम आइसोलेसनमा र ४३१ जना संस्थागत आइसोलेसनमा छन्। यीमध्ये २२३ जनाकाे आइसियू र ५१ जना भेन्टिलेटरमा उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *