काउन्सिललाई डा. जोशीको चेतावनी – निर्वाचन प्रक्रियाबाट अलग हुन नपरोस्

हेल्थपोस्ट नेपाल

मेडिकल काउन्सिलको निर्वाचनका लागि ‘डाटा दुरुपयोग’ भएको हो कि होइन भन्ने बिषय छिट्टो टुगोंमा पुर्‍याउन उम्मेदवार चिकित्सकले अनुरोध गरेका छन्।

काउन्सिलको सदस्य उम्मेदवार डा. कुम्भराज जोशीले एक पत्र लेख्दै ‘सत्यतत्थ’ उजागर गर्न आग्रह गरेका हुन्।

‘काउन्सिलले आफैं छानबिन नगरी समय घर्काएर उम्कन पाउन्न। यदि त्यसो हो भने मौन अवधि अघि नै यो छिनोफानो भएन भने हामी चुनावी प्रक्रियाबाट अलग हुन बाध्य हुन्छौँ,’ डा. जोशीले पत्रमार्फत भनेका छन्।

त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार काउन्सिल नै हुनुपर्ने उनको भनाइ छ।

उनले पत्रमार्फत काउन्सिलका पदाधिकारीसँग चिकित्सकको सम्पर्क नम्बर माग्दा गैरकानुनी हुने र दिन नमिल्ने बताएको गुनासो गरे।

काउन्सिलका उच्च पदाधिकारीको मिलेमतोमा दुई उम्मेदवार डा. कालुसिंह खत्री र डा. तोशिमा कार्कीले काउन्सिलको गोप्य डाटा दुरूपयोग गरी चिकित्सकहरुसँग भोट मागेको आरोप छ।

काउन्सिलले चिकित्सकहरुलाई सूचनाका लागि प्रयोग गर्दै आएको ३७८८८ नम्बर दुरुपयोग गरेको उनीहरुमाथि आरोप छ।

‘यदि चोरीको आरोप गलत हो भने आरोपित उम्मेवादरलाई किन अन्याय गरियो?,’ उनले प्रश्न गर्दै भनेका छन्, ‘यदि सत्य हो भने हामीलाई काउन्सिलले किन तथ्यांक दिन इन्कार गरेको ?’

यस बिषयमा काउन्सिलका रजिष्ट्रार डा.कृष्ण अधिकारीले छानबिन प्रक्रिया अगाडि बढेको काउन्सिल बैठकले केही बेरमा सार्वजनिक गर्ने बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *