नेपाल–भारत सहमतिः खोप प्रमाणपत्र लिएर दुवै देश आउजाउ गर्न पाइने

हेल्थपोस्ट नेपाल

कोरोनाविरुद्धको खोप लगाएकाहरुले अब नेपाल तथा भारत दुवै देशमा आवतजावत गर्न पाउने भएका छन्।

दुवै देशबीच मंगलबार यससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।

स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

यसअनुसार अब दुवै देशका नागरिकहरुले खोप लगाएको प्रमाणपत्र लिएर दुवै देशमा निर्वाध आवतजावत गर्न पाउनेछन्



Leave a Reply

Your email address will not be published. Required fields are marked *