अमेरिकामा बढ्दो कोरोना संक्रमण, एक सातामा १८ प्रतिशतले बढ्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं – संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ। स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार अघिल्लो हप्ताका तुलनामा यो हप्ता बढेका संक्रमितको संख्या १८ प्रतिशत पुगेको छ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडिसीले जनाएअनुसार हरेक दिन कम्तीमा पनि ९० हजार जना संक्रमित हुने गरेका छन्। सो सेन्टरद्वारा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट ९२ हजार ८०० जना संक्रमित भएका छन्।

उनीहरुक अनुसार अहिले पनि दैनिक कम्तीमा ९० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेको छ। अघिल्ला सात दिनभन्दा यो हप्ता ९० हजारको हाराहारीमा संक्रमित भेटिएका छन्। तर सोमबार भने यसमा वृद्धि भएको हो। त्यसैगरि सो सेन्टरको तथ्यांकअनुसार हरेक दिन अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको छ।

स्वास्थ्य अधिकारीका अनुसार प्रत्येक दिन कम्तीमा पनि ६ प्रतिशतका दरले अस्पताल भर्ना हुने नागरिकको संख्या बढिरहेको छ। पछिल्ला दिनहरुमा संक्रमित तथा मृत्यु हुनेको संख्या बढ्दै गएको देखिएको छ। कोभिडविरुद्धको खोप लगाउने संख्या भने धेरै छ। उक्त सेन्टरका अनुसार यो खोप नलगाउने व्यक्तिलाई लगाउनेलाई भन्दा संक्रमण सर्ने ६ गुणा बढी डर हुन्छ।

त्यसैगरि खोप नलगाउने व्यक्तिको मृत्यु दर पनि लगाउनेको भन्दा कम्तीमा पनि १४ गुणा बढी रहन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *