न्यूरोसर्जन डा. सुवास लोहनीको निधन

नेशनल न्यूरो सेन्टरमा कार्यरत ३८ वर्षीय न्यूरोसर्जन डा.सुवास लोहनीको निधन भएको छ। टोखास्थित ग्राण्डी टावरमा रहेको आफ्नै निवासमा डा. लोहनी बेहोस अवस्थामा फेला परेको थिए।
बेहोस अवस्थामा फेला परेका लोहनीलाई अस्पताल पुर्याउँदासम्म निधन भइसकेको नेपाल न्यूरोसर्जन समाजका महासचिव डा. राजिव झाले बताए।
डा. लोहनीको के–कारणले मृत्यु भएको भन्ने अझै खुल्न सकेको छैन। उनको निधनले देशले सबैभन्दा आशाजनक न्यूरोसर्जनका गुमाएको डा. झाले बताए।
‘डा. लोहनी एकदमै इमान्दार, मेहनती सर्जन हुनुहुन्थ्यो,’ डा. झाले भने, ‘उहाँको निधनसँगै देशले एक आशाजनक न्यूरोसर्जन गुमाएको छ।
लोहनीको निधनले चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।’
DEEP CONDOLENCE !