रक्सी खाएर छोराछोरीमाथि एसिड प्रहार, छोराको अवस्था गम्भीर

सोलुखुम्बुमा बुवाको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन्। सोलु दूधकुण्ड नगरपालिका-५ वसन्तबजारका अन्दाजी ५५ वर्षीय मोहन बराइलीले सोमबार राति छोराछोरीमाथि एसिड प्रहार गरेका हुन्।
रक्सी खाएर घर आएका उनले एसिड प्रहार गर्दा २५ वर्षीय छोरा गम्भीर घाइते भएका छन्। यस्तै १६ वर्षीया छोरी पनि घाइते छिन्। उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।