कांग्रेस नेता मोहनबहादुर बस्नेत अस्पताल भर्ना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन्। उनलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका हुन्। जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिए।