आज ७ हजार २६९ सक्रिय संक्रमित, ८ लाख निको भए

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९७ नुमना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा भने २५८ जना संक्रमणमुक्त भएका छन्।

यो सँगै नेपालमा ८ लाख ६१७ जनामा निको भएका छन्।

सोमबार ७ हजार २६९ जना सक्रिय सक्रमित छन्।

पछिल्लो २४ घन्टामा ४ संक्रमितको निधन भएको छ।

मन्त्रालयका तथ्यांक अनुसार नेपालमा कोरोनाले ११ हजार ५ सयको ज्यान लिइसकेको छ।

आज देशभर ५५ भेन्टिलेटरमा सहित २३० जनालाई आइसियूमा राखि उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा ७१ हजार ४८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

देशभर ९८ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *