अबदेखि सबै गर्भवतीलाई कोरोना खोप

हेल्थपोस्ट नेपाल

सरकारले सबै गर्भवतीलाई कोरोनाविरुद्धको खोप दिएको भएको छ। यसअघि उच्च जोखिममा रहेका गर्भवतीलाई मात्रै खोप दिँदै आएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई खोप लगाउन थालिएको हो । यस्तै, सरकारले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिन सुरु गरेको छ। प्राथमिकता परेकाहरुलाई मात्रै खोप दिँदै आएको सरकारले १८ वर्ष माथिका नागरिकलाई खोप दिन सुरु गरेको हो ।

खोप लगाउन छुटे सबै नागरिकलाई खोप केन्द्र गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। दुई तिहाइ लक्षित जनसङ्ख्यालाई आउँदो पुस मसान्तसम्म तथा बाँकी सबै लक्षित समूहलाई आगामी चैत मसान्तमा खोप लगाइसक्ने सरकारको लक्ष्य छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *