कोराेना खोप नलगाएका लागि स्वास्थ्य मन्त्रालयले निकाल्यो यस्तो सूचना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ बर्षभन्दा माथिका कोरोना विरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन अनुरोध गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै सम्बन्धित स्वास्थ्य कार्यालय, बसोबास गर्ने स्थानीय तह वा वडा कार्यलयमा सम्पर्क गरी खोप लगाउन सकिने जनाएको छ।
दुई तिहाइ लक्षित जनसंख्यालाई पुस मसान्तसम्म तथा बाँकी सबै लक्षित समूहलाई आगामी चैत मसान्त सम्म खोप लगाउनुपर्ने भएकाले छुटेका सबै नागरिकलाई अपिल गरेको हो ।
अबदेखि सबै गर्भवती महिलालाई गर्भवती भएको पहिलो तीन महिना पछि खोप दिन सकिने मन्त्रालयले जनाएको छ। यसअघि गर्भवती महिलाहरुलाई मात्र कोभिड–१९ विरुद्धको खोप दिइने गरेको थियो।
Butwal ma vaccine kahele available huncha