एकै स्कुलका २८८ छात्रामा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

भारतको तेलाङ्गनाको खम्मम जिल्लास्थित एक सरकारी आवासीय विद्यालयका २८८ छात्रामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार गरिएको परीक्षणमा ठूलो संख्यामा छात्रामा संक्रमण देखिएको हो। उनीहरु एउटै स्कुलमा अध्ययनरत छन्।

स्कुलमा ५७५ विद्यार्थी रहेका छन्। समूहमा संक्रमण फैलिएको पुष्टि भएपछि अब स्कुलका शिक्षक तथा शिक्षिकासहित अन्य कर्मचारी र सम्पूर्ण विद्यार्थीको परीक्षण गरिने भएको छ। यता, संक्रमितका आफन्तहरुले आफ्ना सन्तानलाई घर फर्काइदिन विद्यालय प्रशासनसँग आग्रह पनि गरेका छन्।

 

तेलांगनाका स्वास्थ्य मन्त्री टी हरिश रावले जिल्ला स्वास्थ्य अधिकारीहरुसँग यसबारे फोनसम्पर्कमार्फत जानकारी लिएका छन्। उनले संक्रमित छात्राहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै उपचारलाई प्रभावकारी ढंगमा सञ्चालन गर्न र संक्रमणलाई अझ फैलन नदिन स्वास्थ्य सुरक्षात्मक मापदण्ड लागू गर्न निर्देशनसमेत दिएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *