कोभिसिल्ड तथा भेरोसेल खोप दिइँदै, कुन–कुन ठाउँमा पाइन्छ?

हेल्थपोस्ट नेपाल

ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको खोप दिइरहेको छ।

महानरपालिकाको अनुसार कोभिशिल्ड र भेरोसेल खोप शनिबारबाहेक बाँकी सबै दिन दिइरहेकोछ।

आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म खोप लगाइन्छ।

महानगरपालिकको जनस्वास्थ्य शाखा छाबहालमा खोप लगाउने व्यवस्था गरिएको छ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले खोपमा नागरिकको सहज पहुँच होस भन्ने उदेश्यले सो व्यवस्था गरिएको बताए।

ललितपुर महानगर लगातार कोरोना विरुद्धको खोप सञ्चालन गर्ने पहिलो स्थानीय तह हो।

महानगरले यसअघि उमेर ,व्यक्तिको स्वास्थ्य अवस्था लगायतलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम सञ्चालन गरेको थियो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *