आज ७ हजार १६४ जना सक्रिय संक्रमित, एक जनाको निधन

हेल्थपोस्ट नेपाल

 

पछिल्लो २४ घण्टामा २३८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार ८४५ पीसीआर र १ हजार २७८ जनाको एन्टीजेन परीक्षणका क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको हो।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार १९ जना पुगेको छ। आइतबार देशभर ७ हजार १६४ जना सक्रिय संक्रमित छन्।
सोही अवधिमा ३७० जना संक्रमित निको भएका छन्।

यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३५९ पुगेको छ।

पछिल्लो २४ घन्टामा १ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ।

हाल ९८ जना क्वारेन्टाइनमा छन्। आज ५१ भेन्टिलेटरमा सहित २२७ जना आइसीयू राखि उपचार भइरहेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *