आजदेखि पुनः फाइजर खोप दिइने,को–को छन् प्राथमिकतामा ?

हेल्थपोस्ट नेपाल

आजदेखि कोरोना विरुद्दको फाइजर खोप १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लागि दिन थालिएको छ।

सो खोप हिजोसम्म यो खोप १२ देखि १७ बर्ष समूहका  दीर्घ रोगीलाई मात्रै दिइएको थियो।

स्वास्थ्य सेवा विभागको अनुसार बचेको खोप १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका दिन थालिएको हो।

खोप थोरै मात्रामा रहेकाले पहिलो आउने मानिसलाई प्राथमिकतामा राखेर खोप दिइने विभागका खोप शाखाका प्रमुख सागर दाहालले बताए।

करिब २७ देखि २८ सय बालबालिकाले मात्रै खोप दिइने विभागले जनाएको छ।

कहाँ–कहाँ पाइन्छ खोप ?

ललितपुरमा पाटन अस्पतालमा खोप लगाइने छ भने काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई एक लाख ६२० डोज खोप प्राप्त भएको थियो।

खोप काठमाडौं उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिकदेखि लगाउन पहिलो चरणको खोप लगाइएको थियो।

यसको दोस्रो मात्रा अर्थात २७ मंसिरदेखि २ पुस सम्मका लागि तय गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *