कोरोना महामारीले ५१ लाख ४५ हजारको ज्यान लियाे

विश्वमा कोरोना संक्रमितको संख्या २५ करोड ७१ लाख पुगेको छ।, जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार आइतबारसम्म संक्रमितको संख्या २५ करोड ७१ लाख ४ हजार १ सय ४३ पुगेको हो।
सबैभन्दा बढी संक्रमित अमेरिकामा छन्। अमेरिकामा हालसम्म ४ करोड ७६ लाख ९२ हजार १ सय ३ जना संक्रमित भएका छन् ।
यस्तै, बेलायतमा ९१ लाख ३५ हजार १ सय ४९, जर्मनीमा ५३ लाख ४० हजार ८ सय ५२, टर्कीमा ८५ लाख ५२ हजार ३ सय ४७, युक्रेनमा ३४ लाख ८१ हजार ३ सय ४७, पोल्याण्डमा ३३ लाख २६ हजार ४ सय ६४ र भारतमा ३ करोड ४४ लाख ९९ हजार ९ सय २५ जना संक्रमित भएका छन्।
हालसम्म संक्रमणबाट ५१ लाख ४५ हजार ९ सय ७९ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी मृत्यु अमेरिकामा ७ लाख ७० हजार ९ सय ९६ जनाको भएको छ भने भारतमा ४ लाख ६५ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ।