थप २४२ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ७ हजार ३०३ सक्रिय संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कुल ७ हजार १३६ नमुना परीक्षणमा २४२ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा ४४४ संक्रमित संक्रमणमुक्त भएका छन् भने एकजना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँग देशभर कुल संक्रमितको संख्या ९ लाख १४ हजार ९५ पुगेको छ। ७ लाख ९९ हजार ९८९ संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ।

हाल देशभर ७ हजार ३०३ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ६ हजार ८५२ होम आइसोलेसनमा रहेका छन् भने ४५१ संस्थागत आइसोलेसनमा रहेका छन्। २३४ संक्रमितको आइसियु र ५५ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। क्वारेन्टाइनमा हुनेको संख्या ९८ रहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *