यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

हेल्थपोस्ट नेपाल

सरकारले स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा डा‌. श्यामसुन्दर यादव, भिमसिंह तिङ्करी र डा. गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै तीन चिकित्सकलाई १२ औं तहमा  बढुवा गर्ने  निर्णय गरिएको जानकारी दिए।

सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रहरुको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पढाउने प्रस्ताव पनि स्वीकृत गरेको छ।

त्यसैगरी नायव महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर एकाउन्टेन्टस् संस्थाको पार्षदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए।

रक्षामन्त्री डा. मिनेन्द्रप्रसाद रिजाल नेतृत्वको प्रतिनिधिमण्डललाई दक्षिण कोरियामा हुने यूएन पिस किपिङ मिनिष्ट्रियल मिटिङमा भाग लिन पठाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद बैठकले मोरक्कोमा हुने इन्टरनेशनल एक्जुक्यूटिभ काउन्सिल अफ आईईसी सम्मेलनमा सिंचाई सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिएको छ।

एसियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीकार गर्ने,  मन्त्रीपरिषद बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएकाे छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *