३६९ जना निकाे हुँदा २९६ संक्रमित थपिए, ५ काे निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ७२ जनाको नमुना परीक्षण गर्दा २९६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा कोरोना संक्रमणबाट ५ जनाको निधन भएको छ। अहिले नेपालमा सक्रिय संक्रमितकाे संख्या ७ हजार ५ सय ३९ रहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *