बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी, तलब साढे दुई लाख

हेल्थपोस्ट नेपाल

बेलायत सरकारले नेपालका १० हजारभन्दा बढी नर्सलाई लैजाने भएको छ।

नेपालस्थित बेलायती राजदूतवासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सरकारीस्तरमा श्रम सम्झौता गरेर १० हजार नर्स रोजगारीका लागि लैजाने प्रस्ताव गरेको छ।

बेलायतले नेपालबाट नर्स लैजाने इच्छा देखाएपछि सरकारले त्यसका लागि आवश्यक तयारी अगाडि बढाएको छ। उक्त प्रस्तावमाथि छलफल गरी सम्झौताको खाका बनाउने कामसमेत थालिएको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम बताए।

दुवै सरकारबीच श्रम सम्झौता भए सन् २०२२ को मध्यतिर नर्स रोजगारीमा पठाउन सकिने श्रम मन्त्रालयले जनाएको छ ।

अनुभव भएका नर्सले मात्र बेलायत जान पाउने मन्त्रालयले जनाएको छ। बेलायत जाने नर्ससँग नेपालमा पर्याप्त तालिम, केही अस्पतालमा काम गरेको अनुभव हुनुपर्ने गौतमले बताए।

बेलायतका लागि छानिने नर्सको मासिक तलब २ लाख ५० हजारभन्दा बढी हुने श्रम मन्त्रालयले जनाएको छ ।

रोजगारीमा बेलायत नर्स पठाउँदा रोजगारीको ग्यारेन्टी, परिवारिक सुविधा, बीमा, तलब प्रष्ट खुलाएर, उनीहरूको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले बेहोर्नेगरी सम्झौता हुने मन्त्रालयले जनाएको छ।



15 thoughts on “बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी, तलब साढे दुई लाख

    1. How 10000 nurse will produce to go to uk. Peal has open hospital in every local state. Started to keep nurse in every school. 90 college , each used to admit 40 nurse in each year will not get admission from this year. 109 college used to teach 4360 nurse every year. But from this year only 20 college got permission for nursing teaching. So from where government will find nurse to send to uk. We have to take nurse from india

Leave a Reply

Your email address will not be published. Required fields are marked *