सवारी दुर्घटनामा डा. निखिल पन्जियार को मृत्यु

हेल्थपोस्ट नेपाल

विराट मेडिकल कलेजमा इन्टर्नसिप गर्दै गरेका डा. निखिल पन्जियारको निधन भएको छ।

उनको सवारी दुर्घटनामा परेर एक चिकित्सकको मृत्यु भएको हो।

२७ वर्षीय डा निखिल पन्जियारको विराटनगरमा बिहीबार राती भएको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काअनुसार विराटनगर महानगरपालिका—४ स्थित आयल निगम छेउ कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदैं गरेको डा। निखिल चढेको प्र—२—०२— ००३—प —२१८९ नम्बरको मोटरसाइकललाई को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो ।

उनलाई तत्कालै कोशी अस्पताल लगिएको थियो। उपचारको क्रममा केही समयमा नै मृत्यु भएको हो।

डा. पन्जियर विराट मेडिकल कलेजमा इन्टर्नसिप गर्दै थिए। उनले सोही कलेजबाट एमबिबिएस गरेका हुन्। उनको घर जनकपुर हो।

डा. निखिलसँगै मोटरसाइकल पछाडि बसेका रामप्रताप साह पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उनको नोबेल अस्पताल विराटनगरमा उपचार जारी रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *